१६ कात्तिक कैलाली । कैलालीमा पूर्व प्रहरी निरीक्षक इन्स्पेक्टर सहित ९ जना जुवाखालबाट पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गंगादत्त बडुको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका १ स्थित साथीभाई होटलबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ बस्ने ५२ वर्षीय प्रेमसिंह खड्का, वडा नम्बर ५ बस्ने ४६ वर्षका पवन पन्त, सोही ठाउँका ४२ वर्षका हेमराज जोशी, धनगढी३ बस्ने ४० वर्षका लक्ष्मीराज जोशी, धनगढी४ बस्ने ३६ वर्षका जितेन्द्र भट्ट, धनगढी८ बस्ने ४६ वर्षका गणेश दाहाल, धनगढी५ बस्ने ५९ वर्षका महेन्द्रसिंह खड्का, धनगढी३ बस्ने ३६ वर्षका धर्म बोगटी र डोटी शिखर नगरपालिका३ बस्ने ५१ वर्षका रमेश कडायत रहेका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका का अनुसार होटलमा जुवातास भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका मध्ये प्रेमसिंह खड्का पूर्व प्रहरी निरीक्षक इन्सपेक्टर रहेको खुलेको छ उनी जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत रहेकै बेला रिटायर्ड भएका पूर्व इन्सपेक्टर रहेको उनले बताए । उनीहरुको साथबाट नगद ३३ हजार ८५५ र ३ गड्डी तास पनि बरामद गरिएको छ । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।