इरानमा पेट्रोल महँगियो

इरानमा पेट्रोल महँगियो

२३ भदौ काठमाडौँ । आर्थिक सङ्कटबीच इरानले अत्यधिक पेट्रोल खपत गर्ने उपभोक्ताका लागि मूल्य दोब्बर बनाएको छ । मङ्गलबारदेखि लागू नयाँ दर गत डिसेम्बरपछि गरिएको दोस्रो मूल्यवृद्धि हो। मासिक ११० लिटरको कोटाभन्दा बढी पेट्रोल खरिद गर्नेले अब प्रतिलिटर एक लाख रियाल तिर्नुपर्नेछ । सरकारले मूल्यवृद्धिबाट प्राप्त अतिरिक्त रकम घरपरिवारलाई उपलब्ध गराइने जनाएको छ।

इरानमा पेट्रोलको मूल्य अझै विश्वकै न्यूनमध्ये रहे पनि कमजोर बन्दै गएको मुद्रा र घट्दो क्रयशक्तिले सर्वसाधारणमाथि थप दबाब परेको छ । राज्य तेल वितरण कम्पनीका प्रमुख कार्यकारी केरामत वेस करामीले नयाँ मूल्यले करिब १५ प्रतिशत उपभोक्तालाई असर गर्ने बताए।