७ किलो चरेससहित दुई जना डोटीबाट पक्राउ

७ किलो चरेससहित दुई जना डोटीबाट पक्राउ

११ मंसिर, डोटी । डोटीबाट प्रहरीले ७ किलो ८५ ग्राम लागुऔषध चरेससहित बझाङ निवासी २ जनालाई पक्राउ गरेको छ ।प्रहरीकाअनुसार पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउपालिका–५ जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजंगबहादुर कडायत रहेका छन् ।

चन्दका अनुसार वीरेन्द्रले चलाएको चलाएको बा ७७ प ८७०२ नम्बरको मोटरसाइकलको पछाडि बसेका ओमजंगले बोकेको झोलामा लुकाइछिपाइ राखेको अवस्थामा चरेस बरामद भएको हो ।