११ मंसिर काठमाडौं । भारतीय क्रिकेटर रोहित शर्मालाई पुनः इन्डियन प्रिमियर लिग ९आईपीएल० टोली मुम्बई इन्डियन्सको कप्तान बनाइएको छ ।फ्रेन्चाइजले शुक्रबार यसको घोषणा गरेको हो । रोहितले आईपीएल २०२७ मा टोलीको नेतृत्व गर्नेछन् । उनले हार्दिक पाण्ड्याको स्थान लिनेछन् ।रोहितले यसअघि ११ सिजनसम्म मुम्बईको कप्तानी गरिसकेका छन् ।
उनको नेतृत्वमा टोलीले पाँच पटक आईपीएल उपाधि जितेको थियो । त्यस्तै, सन् २०१३ मा च्याम्पियन्स लिग टी–२० को उपाधि पनि मुम्बईले जितेको थियो ।सन् २०२४ को सिजनअघि रोहितलाई हटाएर हार्दिकलाई कप्तान बनाइएको थियो । तर, हार्दिकको नेतृत्वमा टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन नसकेपछि फ्रेन्चाइजले पुनः रोहितलाई कप्तानीको जिम्मेवारी दिएको हो ।