३ मंसिर काठमान्डौ । भुवन केसी निर्देशित फिल्म बाटुलो जूनुले सुपरहिटको ट्याग पाएको छ। देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले बुधबार दिउँसो आफ्नो आधिकारिक वेबसाइटमार्फत फिल्मलाई ‘सुपरहिट’ घोषणा गरेको हो।कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले क्यूएफएक्सका हलबाट मात्रै २ करोड ५० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेपछि यो मान्यता पाएको हो।
फिल्मको आधिकारिक बक्स अफिस कमाइ भने सोमबार सार्वजनिक हुनेछ।फिल्ममा भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना र लक्ष्मी गिरीलगायत कलाकारको पनि अभिनय छ।विसं २०४० को दशकको नेपाली सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित फिल्मले तत्कालीन समयको प्रेम, सामाजिक अवस्था र जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।