३ मंसिर, कञ्चनपुर । परम्परागत रुपमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् ।
अन्य बालीको तुलनामा दोब्बर आम्दानी हुने भएपछि किसान उखु खेतीमा आकर्षित भएका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का धनसिंह ठगुन्नाले उखु खेतीबाट दोब्बर आम्दानी हुने देखिएको बताए ।उत्पादन गरेको उखु बेलौरीस्थित महाकाली सुगर मिलमा बिक्री हुने गरेको छ । मिलले उखु किसानलाई प्रोत्साहन गर्दै बीउ र कीटनाशक औषधि उपलब्ध गराउने गरेको उनले बताए ।स्थानीय किसान तारा महरा तीन वर्षदेखि व्यावसायिक उखु खेतीमा लाग्नुभएको छ ।