३ मंसिर गुल्मी । सुर्खेतको छिन्चु घर भएका इन्स्पेक्टर गुल्मीमा मृत भेटिएका छन । मंगलबार क्वाटरभित्र मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक पर्वतकुमार केसीको परिवारको जिम्मा लगाइएको छ ।
सुर्खेतको छिन्चु स्थायी घर भएका केसी गुल्मीमा जिल्ला प्रहरी कार्यालयका सिनियर अधिकृतका लागि छुट्याइएको निवासमा मंगलबार मृत भेटिएका थिए ।मंगलबार बिहान साढे ९ बजेसम्म पनि नउठेपछि निवासमा हेर्दा उनी अचेत अवस्थामा भेटिएका थिए ।