१ मंसिर काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ पीटीआई का संस्थापक इमरान खानको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनले छोराहरूले जेलभित्रै आफ्नो बुबामाथि शारीरिक तथा मानसिक यातना भइरहेको आरोप लगाउँदै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको बताएका हुन् ।
बेलायतको स्काई न्युजसँगको अन्तर्वार्तामा छोराहरू सुलेमान इसा खान र कासिम खानले अदियाला जेलमा रहेका ७४ वर्षीय इमरानको स्वास्थ्य तीव्र रूपमा बिग्रिरहेको भन्दै तत्काल निजी अस्पतालमा स्थानान्तरण गर्न माग गरेका हुन् ।