ट्रकको छतबाट विद्युतको तार पन्छाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

ट्रकको छतबाट विद्युतको तार पन्छाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

१९ भदौ बर्दिया । बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।बर्दिया प्रहरीका अनुसार गुलरिया नगरपालिका वडा नं १२ भैसाहीमा काठ लोड गरेको ट्रकमाथी बसेका बाँसगढी नगरपालिका ९ बस्ने पुरन थारूको करेन्ट लागेर मृत्यु भएको हो ।

गुलरिया देखि नेपालगञ्ज जादै गरेको लु १ ख ५७४७ नं को काठ लोडको ट्रक माथी बसेर विद्युतका तार पन्छाउने क्रममा करेन्ट लागेको प्रहरी जनाएको छ । गाडिले छुनसक्ने तारलाई गाडि माथी चढी पन्छाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताउनु भयो ।ट्रक र चालक बाँसगढी नगरपालिका ९ बस्ने रामप्रसाद थारूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।