गृहमन्त्री ज्यू सिलिण्डर बोकेर उद्धारमा डिस्टर्ब नगर्नुस् : महर

गृहमन्त्री ज्यू सिलिण्डर बोकेर उद्धारमा डिस्टर्ब नगर्नुस् : महर

१९ भदौ काठमाडौं । बाढीपछि टनेलबाट सकुशल उद्धार गरिएका व्यक्तिलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले सुरक्षित हेलिकोप्टरतिर लगिरहेका बेला गृहमन्त्रीले स्लाइन बोकेर भिडिओ खिचेकोप्रति लक्षित गर्दै महरले यस्तो नगर्न आग्रह गरेका छन ।नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई सामाजिक सञ्जालमा भाइरल हुनेभन्दा टनेलमा फसेका नागरिकको जीवन रक्षा गर्न सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरेका छन्।

महरले गृहमन्त्रीले उद्धार अभियानको कमाण्ड सम्हालेर सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय गर्नुपर्ने बताएका छन्। अझै अन्य टनेलमा नागरिक फसेको भए उनीहरूको उद्धारका लागि तत्काल पहल गर्न पनि उनले आग्रह गरेका छन्।‘गृहमन्त्रीज्यू  प्लिज तपाईँ कमाण्ड सम्हाल्नुहोस्, समन्वय गर्नुहोस् र सञ्चार गर्नुहोस्,’ महरले भनेका छन्।