इनिसा विक मृत्यु प्रकरण : ३ नाबालकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

इनिसा विक मृत्यु प्रकरण :  ३ नाबालकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

१७ भदौ सुर्खेत । सर्वोच्च अदालतले सुर्खेतकी १६ वर्षीय इनिसा विकको मृत्यु प्रकरणमा पक्राउ परी बालसुधार गृहमा राखिएका चारमध्ये ३ जना नाबालकलाई थुनामुक्त गर्न आदेश दिएको छ ।भदौ १५ गते न्यायधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले ती ३ जना नाबालकलाई तारिखमा छाड्न आदेश दिएको हो ।

उनीहरूलाई इनिसाको जबरजस्ती करणी गरी ज्यान मारेको मुद्दामा गत चैतदेखि बालसुधार गृहमा राखिएको थियो ।चैत २७ गते सुर्खेत जिल्ला अदालतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको थियो । सुर्खेत जिल्ला अदालत, बाल इजलासका न्यायाधीश दीपक ढकालले यस्तो आदेश दिएका थिए । उच्च अदालत सुर्खेतले पनि त्यसैलाई सदर गरेको थियो ।