१५ औँ महाधिवेशन मंसिरमा गर्ने देउवा समूहको प्रस्ताव

१५ औँ महाधिवेशन मंसिरमा गर्ने देउवा समूहको प्रस्ताव

१७ भदौ काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी साङ्गठनिक कार्यतालिका प्रस्ताव गरेको छ।

बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका पेस गरिएको हो।बैठकमा प्रस्तुत कार्यपत्रअनुसार आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५ औँ केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।