१७ भदौ काठमाडौँ। गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिका गम्भीर सङ्कटमा परेको छ ।विपत्तिका कारण गाउँपालिकामा मानवीय क्षतिका साथै भौतिक संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार हालसम्म ४२६ जनाभन्दा बढी स्थानीय बासिन्दा बेपत्ता भएका छन् ।
विपत्तिमा सबैभन्दा बढी वडा नं १ प्रभावित भएको छ, जहाँ २१९ जना बेपत्ता भएका छन् । वडा नं २ मा ८८ जना, वडा नं ३ मा २७ जना, वडा नं ४ मा ७७ जना र वडा नं ५ मा १५ जना बेपत्ता भएका छन् ।गाउँपालिकाकै ५ जना कर्मचारीहरू समेत बेपत्ता भएका छन्, जसमध्ये एक जनाको मात्र शव फेला परेको प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले जानकारी दिए ।