१० जेठ जाजरकोट । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हुन् ।
जाजरकोट–जुम्ला सडकखण्डभित्र पर्ने छेडागाड नगरपालिका–१०र११ को बीचमा रहेको लम्तीखोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । २५ मिटर लामो पुल निर्माण कार्य सुरु भएपछि यहाँका स्थानीयवासी खुसी भएका छन् ।