मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नु पर्छ: लिङ्देन

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नु पर्छ:  लिङ्देन

१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गर्नु भएको छ ।

पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौैंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताउनु भएको हो ।अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिनु भयो ।