पुर्व नाउपाका दुई सांसदलाई नेकपाको ४८ घण्टे स्पष्टिकरण

पुर्व नाउपाका दुई सांसदलाई नेकपाको ४८ घण्टे स्पष्टिकरण

१५ जेठ कैलाली । साविक नागरिक उन्मुक्ति पार्टी नाउपा का दुई सांसदलाई नेपाली कम्युनिष्ट पार्टी नेकपा ले स्पष्टीकरण सोधेको छ।उनीहरूमाथि प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध विपक्षी दल र उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको, नेपाली कम्युनिष्ट पार्टी प्रदेश सभा संसदीय दल समायोजन प्रक्रियामा असहयोग गरेको तथा दलको प्रत्येक औपचारिक बैठकबारे जानकारी प्राप्त हुँदाहुँदै पनि हरेक बैठकमा अनुपस्थित रहेको आरोप लगाइएको छ।पार्टी उम्मेदवारविरुद्ध लागेको लगायतका आरोप लगाउँदै पार्टी संसदीय दलका नेता खगराज भट्टले रामेश्वर चौधरी र धनश्याम चौधरीलाई स्पष्टीकरण सोधेका हुन्।

त्यस्तै, लेबी सम्बन्धी निर्णय प्रक्रियामा बाहिर तमासा गरेको, पार्टी नेताहरू सहभागी आधिकारिक तथा महत्त्वपूर्ण कार्यक्रममा समेत अनुपस्थित भएको आरोप पनि लगाइएको छ। सोही समयमा फरक दल र नेतृत्वका कार्यक्रममा सहभागिता जनाएको आरोपसमेत उनीहरूमाथि छ।यी सबै घटनाले संसदीय दलको विधान उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको बताइएको छ।