भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापति पुनः निर्वाचित भएका छन् । प्रजापतिले २९ हजार २ सय ५२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ४०७ मत प्राप्त गरे । त्यसैगरी उपमेयरमा सोही दलकी रजनी जोशी २९ हजार ७५९ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खरबुजाले २ हजार ९८८ मत प्राप्त गरिन् ।