एसिसी प्रिमियर कपको फाइनलमा नेपाल , बिजेता भए भारत सङ्ग खेल्ने

एसिसी प्रिमियर कपको फाइनलमा नेपाल , बिजेता भए भारत सङ्ग खेल्ने

किर्तिपुर काठमाडौं , शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो। अब नेपाल फाइनल खेलको बिजेता नजिक छ ।उपाधिका लागि नेपालले युएईसँग आगामी सोमबार कीर्तिपुर मैदानमा प्रतिस्पर्धा गर्नेछ। फाइनल जित्ने टिम एसिया कपमा पुग्नेछ। एसिया कपमा फाइनल जित्ने टिम भारत र पाकिस्तान सम्मिलित समूहमा पर्नेछ।नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो।

डिएलएस मेथड लागू गर्न २० ओभर खेलेको हुनु पर्ने तथा सुपर ओभर पनि गर्न सम्भव नभएपछि समूह चरणमा शीर्ष भएको आधारमा नेपालले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो।वर्षा हुनुअघि कुवेतको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा नेपालका करण केसीले पाँच विकेट लिए। उनले ४.३ ओभरमा १ मेडन राख्दा १० रन खर्चिए। सोमपाल कामीले एक विकेट हात पारे।

ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो। कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४-४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे। नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे। भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछाने ५ रनमै आउट भए। त्यस्तै करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे।

बलिङ तर्फ भने करण के सि एक्लैले ५ विकेट लिए भने सोमपाल कामिले १ विकेट लिए । त्यस्तै गरि कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३-३ विकेट लिए। यो उपाधी नेपालले जिते आगामी विश्व कपमा  क्रीकेटको सम्राट भारत सङ्ग खेल्ने छ ।