नेपालको पहिलो हार, हङकङसँग १५ रनले पराजय

नेपालको पहिलो हार, हङकङसँग १५ रनले पराजय

२३ भदौ काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजय बेहोरेको छ । क्वालालाम्पुरमा भएको खेलमा नेपाल १५ रनले पराजित भएको हो ।

हङकङले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको एक ओभर बाँकी छँदै सबै विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रनको योगदान गरे । उनले उत्कृष्ट ब्याटिङ गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।