नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

२५ भदौ,काठमान्डो । नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ८७ रनले हराउँदै फाइनमा स्थान बनाएको हो ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो । उसका लागि जतिन्दर सिंहले २५ तथा जितेन रमानन्दीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।