महिला इमर्जिङ टिम्स कपमा नेपालले आज भारतको सामना गर्ने

महिला इमर्जिङ टिम्स कपमा नेपालले आज भारतको सामना गर्ने

बिहिवार, ३२ जेठ, २०८०

काठमाडाैं,

हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए को सामना गर्ने छ ।

नेपाल र भारत–ए बीचको खेल नेपाली समय अनुसार बिहान  ११: 15 बजे मोङ्ग कोस्थित मिसन रोड ग्राउण्डमा सुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा छ । तर, भारत बलियो टोली हो । भारतले पहिलो खेलमा घरेलु टोली हङकङलाई सहजै ९ विकेटले पराजित गरेको थियो ।

समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान–ए सँग प्रतिस्पर्धातम्क खेलमा ९ रनले पराजित भएको थियो ।

यू–१९ विश्वकप विजेता स्वेता सेरावतको कप्तानीमा रहेको भारत– ए मा युवा खेलाडीहरुको बाहुल्य छ ।