बुधवार, जेष्ठ १०, २०८०
काठमाडाैं,
डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नाई सुपर किंग्स इण्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।
गए राति भएको खेलमा चेन्नाईले टस जितेर पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको गुजरात सबै विकेट गुमाउदै १ सय ५७ रनमा रोकियो ।
चेन्नाई आईपीएलको फाइनल पुगेको यो दशौँपल्ट हो । चेन्नाईसँग हारे पनि गुजरातसामु भने फाइनल प्रवेशको एक अर्को अवसर छ ।
आज पहिलो इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । यो खेलमा विजयी हुने टिमले फाइनल प्रवेशका लागि गुजरातको सामना गर्नेछ ।