९ कात्तिक काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न एल क्लासिकोमा रियाल मड्रिडले चिपरिचित प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध २–१ को जित दर्ता गरेको छ ।जारी सिजनको ला लिगामा बार्सिलोनाको यो पहिलो हार हो ।क्याम्प नोउमा पाहुना टोली रियाललाई जित दिलाउन दुवै गोल किलियन एमबाप्पेले गरे । बार्सिलोनाका राफिन्हाले एक गोल फर्काए ।खेलको ४१औँ मिनेटमा एमबाप्पेको गोलमार्फत रियाललले अग्रता लिएको थियो । ६१औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई बराबरीमा ल्याए ।