१२ मंसीर बर्दिया । निर्माण व्यवसायी संघ बर्दियाले जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सरोज पौडेललाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ । बर्दियाका बाट सरुवा भई जान लाग्नु भएका प्रहरी उपरिक्षक पौडेललाई निर्माण व्यवसायी संघ, उद्योग वाणिज्य संघ, बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालिले संयुक्त रुपमा मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो । सो अवसरमा गुलरिया नगरपालिका ५ का वडाध्यक्ष मुमबहादुर मल्लले बर्दियामा लागु औषध नियन्त्रण, सीमा अपराध लगायतका कार्यमा न्युनिकरणका गर्नकालागी जन प्रतिनिधि संग समन्वयमा काम गरेको बताउनु भयो ।
निर्माण व्यवसायी संघका अध्यक्ष हेमन्तप्रकाश गीरीले शान्ति सुरक्षा कायम राख्नमा उल्लेखनिय भुमिका निर्वाह गरेको बताउदै आगामी कार्यकालको पनि शुभकामना व्यक्त गर्नुभएको थियो । उद्योग वाणिज्य संघ गुलरिया बर्दियाका कावा अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले आगामी दिनको पनि शुभकामना दिदै बर्दियामा रहदा व्यापारीका समस्या समाधान गर्नका लागी पनि भुमिका खेलेकोमा धन्यवाद दिनु भएको थियो । यसै गरी बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालिका अध्यक्ष रवि मल्लले पनि शुभकामना व्यक्त गर्दै आगामी दिनको कार्यकाल थप जिम्मेवारी सहित प्रगतिको कामना व्यक्त गर्नु भएको थियो । बर्दियाबाट गण्डकी प्रदेशमा सरुवा हुनु भएको प्रहरी उपरिक्षक सरोज पौडेलले बर्दियावासीलाई धन्यवाद दिदैं सम्झना सधैरहिरहने बताउनु भयो ।