१० औं राष्ट्रिय खेलकुद : टेनिस खेल बर्दियामा जारी

१० औं राष्ट्रिय खेलकुद : टेनिस खेल बर्दियामा जारी

दीपककुमार शर्मा
११ मंसिर  बर्दिया । १० औं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत बर्दियाको गुलरियामा टेनिस खेल जारी छ । विहिबार भएको मिक्स डबलमा गण्डकी प्रदेशका शक्ति शर्मा र आहान शेरचनको जोडीले सुदुरपश्चिम प्रदेशका महेन्द्रबहादुर साउद र आश्मी धामीलाई ६ – १ र ६–४ ले पराजित गरेका छन । नेपाली सेनाका स्वत्तिका विष्ट र पुनव खनालको जोडीले बाग्मती प्रदेशका प्राजना मानन्धर र प्रितम परियारलाई ६ – १, १ – ६ र १० – ६ ले हराउदै जित निकालेको छ ।

यसैगरी सीगंल तर्फ गण्डकी प्रदेशका प्रदिप खडकाले एनआरएनका रेनजेन लामालाई ६ –४ र ६ – २ ले पराजित गरेका छन । बाग्मतीका प्रदेशका प्रकृति श्रेष्ठले एपिएफका सम्वृद्धि महर्जनलाई ६ –३ र ६ –४ ले पराजित गरेका छन । नेपाली सेनाका प्रणव खनालले बाग्मती प्रदेशका प्रितम परियारलाई ६ – १ र ६ – ० ले पराजित गरेका छन । गण्डकी प्रदेशका करण थापाले नेपाली सेनाका राजविर प्रधानलाई ६ – ४ र ६ – २ ले पराजित गरेका छन । बाग्मती प्रदेशका निसान श्रेष्ठले एनआरएनका असभ सम्राट हाडालाई ६ – ३ र ६ – २ ले पराजित गरेका छन । यसैगरी महिला डबल तर्फ नेपाली सेनाका स्वत्तिका विष्ट र शिवाली गुरुङ्गले एपिएफका इन्द्रकला श्रेष्ठ र भगवती विकको जोडिलाई ६ – १ र ६ – ० ले पराजित गरेको छ । बाग्मतीका प्रदेशका प्राजना मानन्धर र प्रकृति श्रेष्ठको जोडिले गण्डकी प्रदेशका आरुषी तुलाचन र आहाना शेरचनलाई ६ – ० र ६–० ले पराजित गरेको छ । नेपाली सेनाका स्वत्तिका विष्ट र प्रणव खनालको जोडीले एपिएफका देवआशिष रेउले र सम्वृद्धि महर्जनको जोडीलाई ६ –२ र ६ – ३ ले हराएको छ । मसीर ८ गते बाट सुरु भएको खेल १४ गते समापन हुने बर्दिया जिल्ला टेनिस संघका अध्यक्ष दीपककुमार शर्माले बताउनु भयो ।