९ मङ्सिर बागलुङ । राष्ट्रिय जनमोर्चाले बागलुङको जैमिनी नगरपालिकामा सामूहिक खेती अभियान सुरु गरेको छ।राष्ट्रिय जनमोर्चा जैमिनी नगर समितिले जैमिनी नगरपालिका–५ बिनामारेको चनौटेमा ३३ रोपनी जग्गा भाडामा लिएर सामूहिक धानखेती गरेको हो। पार्टीले यसलाई श्रम शिविरका रूपमा सञ्चालन गरेको छ। अहिले कार्यकर्ताहरू धान भित्र्याउन व्यस्त छन्।
बिहानैदेखि खेतमा पुगेर काम गर्ने उनीहरूको खाना र खाजाको व्यवस्था पार्टीले नै गरेको छ। तर, श्रमदानमा सहभागी कसैले पनि पारिश्रमिक लिएका छैनन्।