सहकारी घोटालामा रवि लामिछानेको प्रत्यक्ष संलग्नता

45Shares
सहकारी घोटालामा रवि लामिछानेको प्रत्यक्ष संलग्नता

१२ पुस काठमान्डौ । देशका प्रमुख सहरमा सहकारी खोलेर सर्वसाधारणको बचत हिनामिना गर्ने गितेन्द्रबाबु जीबी राईको समूहमा उनका तत्कालीन व्यापारिक साझेदार रवि लामिछानेको प्रत्यक्ष भूमिका रहेको खुलासा भएको छ । ग्यालेक्सी टीभी गोर्खा मिडिया नेटवर्क प्रालि का तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सहकारीहरूबाट गैरकानुनी रूपमा रकम आएको विषयमा आफू जानकार नभएको दाबी गर्दै आएका थिए ।सहकारी घोटालामा रवि लामिछानेको प्रत्यक्ष संलग्नता, बुटवलको सहकारीबाट करोड उठाएर ग्यालेक्सी टीभीमा सेयरतर टीभीको सेयर लिन लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट एक करोड रुपैयाँ ल्याएको तथ्य कान्तिपुरले प्राप्त गरी प्रकाशित गरेको थियो ।उस्तै प्रकृतिका काम गर्ने सर्वसाधारणबीच आर्थिक सहकार्य गर्ने अवधारणाले विकास भएको सहकारीसम्बन्धी कानुनले नाफामूलक कम्पनीमा लगानी गर्न स्पष्ट निषेध गरेको छ । तर, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका वर्तमान सभापति तथा सांसदसमेत रहेका लामिछानेको समूहले गैरकानुनी रूपमा सहकारीको पैसा लिएर आफ्नो कम्पनीमा लगानी मात्र गरेनन्, उनीहरूको यो बेथितिले देशभरका आधा दर्जन सहकारीका ५० औं हजार सर्वसाधारणको बिचल्ली भएको छ ।साभार कान्तिपुर बाट