बर्दियाको मधुवन नगरपालिकाको ६० लाख सहयोग

बर्दियाको मधुवन नगरपालिकाको ६० लाख सहयोग

२१ कात्तिक बर्दिया । भोटेकाशी बाढिबाट क्षति भएको नुवाकोटको बिदुर नगरपालिकालाई बर्दियाको मधुवन नगरपालिकाको तर्फ बाट करिब ६० लाख रुपैया प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।

यसै गरी जन प्रतिनिधि , कर्मचारी तथा विभिन्न संघ सस्था तथा नगरबासीको तर्फबाट संकलन गरिएको राहत सामाग्री नुवाकोट जिल्लाको बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठलाई मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले प्रदान गर्नु भएको थियो ।