सुर्खेतमा खैरो हेरोइनसहित ४ जना पक्राउ

सुर्खेतमा खैरो हेरोइनसहित ४ जना पक्राउ

२१ कात्तिक सुर्खेत । सुर्खेतमा ठूलो मात्रामा लागु औषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १३ करेखोलास्थित रुपेश घर्ती मगरसहित २ जनालाई ३.१९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।थप अनुसन्धानक्रममा लागु औषध कारोबारमा संलग्न नवराज चालिसे र बालाराम पौडेललाई समेत थप ८.८३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

योसँगै पक्राउ परेका व्यक्तिहरूबाट जम्मा १२.०२ ग्राम लागु औषध खैरो हेरोइन बरामद भएको छ।पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।पक्राउ परेकामध्ये नवराज चालिसेको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचय पत्र र रुपेश घर्ती मगरको साथबाट सशस्त्र प्रहरी परिचरको नियुक्तिको प्रमाण पत्र समेत फेला परेको प्रहरीले जनाएको छ।