सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो

सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो

२० कात्तिक काठमाडौं । कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनमा दोस्रो स्थानमा उक्लिएको छ ।यो जितसँगै सुदूरपश्चिमले तालिकामा ६ अंक जोड्यो । सुदूरपश्चिमले पाँच खेलमा तीन जित र दुई हार व्यहोरेको छ ।

दोस्रो स्थानमा उक्लिएपछि सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो बनेको छ ।शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको हो ।हारसँगै कर्णाली तालिकाको पाँचौँ स्थानमा झरेको छ । चार खेलबाट चार अंक बनाएको कर्णाली रनरेटका आधारमा पछाडि परेको हो । हारबाट टोलीको प्लेअफ सम्भावना पनि चुनौतीपूर्ण बनेको छ ।