हनी ट्रयापमा बाँकेका एक निर्माण व्यवसायी , युवती पक्राउ

हनी ट्रयापमा बाँकेका एक निर्माण व्यवसायी , युवती पक्राउ

१२ असोज बाँके । बाँकेमा एक युवालाई हनी ट्रयापमा पारेको आरोपमा एक जना महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनसार बाँकेका ३२ वर्षिया. निर्माण व्यवसायीलाई योजना अनुसार माया जालमा फसाइ विभिन्न मुद्दामा फसाइदिने डरत्रास देखाएर ती महिलाले पटक–पटक गरी नगद र जिन्सी सामान गरी २० लाख बढी ठगी गरेको प्रहरीले जनाएको छ।पक्राउ पर्ने महिला रामेछापको गोकुलगंगा नगरपालिका–२ घर भई काठमाडौं–१० सुकेधारामा कोठा भाडामा बस्ने ३० वर्षीया सबिता श्रेष्ठ रहेको बताइएको छ ।

असोज ५ गते बाँके प्रहरीले पक्राउ गरेको हो। सोमबार प्रहरीले घटना सार्वजनिक गरेको हो।बाँकेका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठोरका अनुसार पक्राउ परेकी महिलालाई घटना अनुसन्धानका लागि बाँके ल्याई अनुसन्धान भइरहेको छ।ठेक्कापट्टाको काम गर्ने क्रममा ती पुरूष र श्रेष्ठको बीचमा चिनजान भएपछि योजनाबद्ध रूपमा हनी ट्रयापमा पारी अनुचित लाभ लिने कार्यमा महिला लागेको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी राठोरले जानकारी दिए।

फोटो एआई बाट बनाइएको काल्पनिक हो