बर्दिया आउदैं गरेको बसमाथि खस्यो ढुंगा, चारजना घाइते

बर्दिया आउदैं गरेको बसमाथि खस्यो ढुंगा, चारजना घाइते

१३ असोज काठमाडौं । कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा चारजना घाइते भएका छन् । मंगलबार बिहान करिब १ः३० बजे कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोला भन्ने स्थानमा सु।प।प्र।०१–००१ ख ३७३० नम्बरको बसमाथि ढुंगा खसेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यो बस चितवनबाट बर्दियातर्फ जाँदै थियो । बसमा ३० जना सवार थिए । उनीहरूमध्ये चारजना घाइते भएका सशस्त्र प्रहरीले जनाएको छ ।घाइते हुनेमा बर्दियाका ३७ वर्षीय द्ववारिकाप्रसाद थारू, बर्दियाकै ३५ वर्षीय सुरेशलाल थारू, चितवनकी २० वर्षीया सलिना सुनार र कञ्चनपुरकी ४० वर्षीया भगवती कँडेल रहेका सशस्त्र प्रहरीले जनाएको छ ।बसमाथि ढुंगा खस्दा चार यात्रु सिटमा च्यापिएका थिए । ढुंगा खसेपछि चोरखोलाबाट चालकले बस दाङको भालुवाङ पुर्‍याएर प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । अस्पतालमा उपचाररत घाइतेको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ । फोटो एआई बाट निर्माण गरिएको