१३ असोज काठमान्डौं । २ करोड भारुमा निर्माण भएको फिल्म हनुमान अंश ले बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेको छ । प्रदर्शनको ५२ औँ दिनसम्म आइपुग्दा फिल्मले विश्वभरबाट ४०० करोड बढी कमाउन सफल भएको छ ।फिल्मले प्रदर्शनको ५२ औँ दिन अर्थात् आइतबार मात्रै ९ करोड कमाएको छ । रिलिजको धेरैपछि पनि राम्रो कमाउने मामिलामा फिल्मले ‘धुरन्धर’ र ‘धुरन्धर २’ जस्ता ठुला बजेटका फिल्मको कीर्तिमानसमेत तोडेको छ, जसले ५२ औँ दिनमा १ देखि २ करोड रुपैयाँ मात्र सङ्कलन गरेका थिए ।

गत शुक्रबार २५ सेप्टेम्बरमा हलमा ५० दिन पूरा गरेको यस फिल्मको कमाइको रफ्तार अझै घटेको छैन । शनिबार २६ सेप्टेम्बर ६.५० करोड र आइतबार २७ सेप्टेम्बर ९ करोड रुपैयाँ सङ्कलन गरेसँगै यसको कुल विश्वव्यापी ग्रस कलेक्सन ४०१.२० करोड पुगेको हो । फिल्मको कुल कमाइमध्ये भारतबाट मात्रै ३६२.७० करोड र विदेशी बजारबाट ३८.५० करोड रुपैयाँ सङ्कलन भएको छ । आगामी दिनहरूमा अन्तर्राष्ट्रिय बक्स अफिस कलेक्सन अझ बढ्ने अनुमान गरिएको छ ।‘हनुमान अंश’ आध्यात्मिक यात्रामा आधारित बायोपिक फिल्म हो । शोभिनव सत्या, चन्दन के आनन्द, अनिल रस्तोगी, पूर्णिमा तिवारी, विहान शेड्गेलगायत कलाकारको अभिनय रहेको फिल्म विशाल चतुर्वेदीले निर्देशन गरेका हुन्