१२ असोज काठमान्डौं । राष्ट्रिय मानवअधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा राखिएको अवस्थामा भेटघाट गर्न नदिएको विषयमा आयोगले खड्कासँग स्पष्टीकरण लिन लागेको हो ।आइतबार जबरालाई भेट्न पुगेकालाई भेटघाट गर्न नदिएको घटनाबारे आयोगले सोमबार खड्कालाई पत्र पठाउँदै बयानका लागि उपस्थित हुन भनेको छ ।