सुर्खेतमा तीन नाल भरुवा बन्दुक भेटियो

सुर्खेतमा तीन नाल भरुवा बन्दुक भेटियो

 १२ असोज  सुर्खेत । सुर्खेतमा बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला परेको छ ।जिल्लाको सिम्ता गाउँपालिका–४ बजेडीचौरस्थित सामुदायिक वनमा बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला पारिएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत सिम्ता गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बादेपीपलबाट प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढाको नेतृत्वमा गएको टोलीले तीन नाल भरुवा बन्दुक फेला पारेको हो ।

सामुदायिक वनको सालघारीमा बनमाराको झारमुनि बेवारिसे अवस्थामा कालो छाताको कपडाले बेरेको अवस्थामा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।उनका अनुसार दुई नाल साबुत र एक नाल बेसाबुत गरी जम्मा तीन नाल घरेलु भरुवा बन्दुक बेबारिस अवस्थामा रहेको भन्ने प्राप्त सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेर बन्दुक बरामद गरेको हो ।