४ असोज काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्ने भएका छन् ।नेपाल क्रिकेट संघ क्यानले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार साबिक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबीचको यो खेल कार्तिक ९ गते हुनेछ ।

प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइजले एक अर्कासँगै प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् । अंक तालिकाको शीर्ष दुई टोलीले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् ।यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ । पहिलो क्वालिफायरमा पराजित हुनेले दोेस्रो क्वालिफायरमा इलिमिनेटर जित्ने टोलीको सामना गर्नेछ ।फाइनल मंसिर ५ गते हुनेछ ।