ट्रम्पले इजरायललाई २६ हजार करोड रुपैयाँका हतियार दिने

ट्रम्पले इजरायललाई २६ हजार करोड रुपैयाँका हतियार दिने

३१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजरायललाई २.८ अर्ब डलर बराबरका हतियार दिने तयारी गरिरहेको छ। यो प्याकेजमा करिब ४० हजार वटा भारी बम समावेश छन्।प्रत्येक बमको तौल २ हजार पाउन्ड अर्थात् करिब ९०० किलो छ।

यी बमको आपूर्तिमा पूर्वराष्ट्रपति जो बाइडेनले सन् २०२४ मा रोक लगाएका थिए।प्रस्तावित हतियार प्याकेजमा २० हजार एमके–८४ र २० हजार बीएलयू–११७ बम छन्। सम्झौता भने अहिलेसम्म अन्तिम भइसकेको छैन।अमेरिकी अधिकारीहरूका अनुसार यसबारे अमेरिकी कांग्रेसलाई अनौपचारिक जानकारी दिइसकिएको छ।