सुत्केरी बिदाको अवधि बढाईदै

सुत्केरी बिदाको अवधि बढाईदै

३१ भदौ, काठमाडौं । सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ ।हाल आमालाई ९० दिन रहेको बिदालाई बढाएर ६ महिना पुर्‍याउन लागिएको हो । हाल बाबुलाई १५ दिन रहेको बिदा बढाएर ४२ दिन पुर्‍याउन प्रस्ताव गरिएको छ ।कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ । अब मन्त्रिपरिषद् हुँदै संसद्‍मा लैजाने तयारीमा मन्त्रालय छ ।

उनका अनुसार विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ ।व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको सन्दर्भमा यस्तो प्रस्ताव दगरिएको मन्त्रालयले जनाएको छ ।