३० भदौ काठमाडौं । बाल्टिक देश लिथुआनियाको आकाशमा प्रवेश गरेको एउटा ड्रोनलाई नेटोका लडाकु विमानले खसालिदिएको राष्ट्रपति गितानास नौसेदाले मंगलबार बिहान जानकारी दिएका छन् ।
नौसेदाले सैन्य गठबन्धन नेटोलाई द्रुत प्रतिकार्यका निम्ति धन्यवाद दिएका छन् । रुसले युक्रेनविरुद्धको आक्रमण तीव्र पारिरहेका बेला यस्तो तयारी क्षेत्रीय सुरक्षाका निम्ति अत्यन्तै महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।