२८ भदौ काठमाडौं । इन्डोनेसियाको जाभा सागरमा २४० जना सवार रहेको एक यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ ।भर्गो ट्रान्सपोर्ट नामको उक्त जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालिमन्तान प्रान्तको बन्जारमासिन सहरतर्फ गइरहेको थियो ।बान्जारमासिनस्थित खोज तथा उद्धार कार्यालयका अनुसार, यात्राका क्रममा उक्त जहाजको सञ्चार प्रणालीले काम गर्न छोडेको जानकारी प्राप्त भएको थियो । त्यसपछि, उद्धार निकायहरूले जहाजको अन्तिम ज्ञात स्थान पत्ता लगाई खोज कार्य सुरु गरे ।
अधिकारीहरूले बताएअनुसार, जहाजको अन्तिम ज्ञात स्थान जाभा सागरमा थियो, जुन बान्जारमासिनस्थित घाटबाट करिब १४८ किलोमिटरको दूरीमा पर्छ ।अधिकारीहरूले जनाएअनुसार उक्त जहाजमा कुल २४० जना सवार थिए । उद्धार टोलीहरूले समुद्रमा जहाजको खोजी गरिरहेका छन् ।