पाकिस्तानकी क्रिकेट कप्तान सानालाई आईसीसीको कारबाही

पाकिस्तानकी क्रिकेट कप्तान सानालाई आईसीसीको कारबाही

२३ भदौ काठमाडौं । पाकिस्तान महिला क्रिकेट टोलीकी कप्तान फातिमा सानालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले कारबाही गरेको छ ।एसियाको कपको समूह चरणमा भारतविरुद्धको खेलमा अभद्र इसारा गरेको भन्दै उनलाई आईसीसीले कारबाही गरेको हो।आईसीसीले सानालाई म्याच फीको १० प्रतिशत जरिवाना तिराएको छ । सानाले आफ्नो दोस्रो ओभरमा शेफाली वर्मालाई कट एण्ड बोल्डु गरेकी थिइन् ।

त्यसपछि उनले वर्मालाई पेभिलियनतर्फ इसारा गरेकी थिइन् । यही कारणले गर्दा आईसीसीले उनलाई कारबाही गरेको हो ।कारबाहीपछि सानाले आफूबाट आईसीसीको आचारसंहिता उल्लंघन भएको स्वीकार गरेकी छिन् । आईसीसीको आचारसंहिताअनुसार ब्याटर आउट भएपछि उसलाई अपमान गर्ने वा आक्रामक प्रतिक्रियाका लागि उक्साउने भाषा वा इसारा प्रयोगको गर्न पाइँदैन ।