२२ भदौ कैलाली । कैलालीमा माथिबाट खसेको ढुंगा हाइसमा लाग्दा एक जना यात्रु घाइते भएका छन् ।कैलालीको चुरे गाउँपालिका–५ स्थित भासु भिर नजिक सडक माथिबाट खसेको ढुंगा आइतबार साँझ करिब ६ बजे भीमदत्त राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८०३ नम्बरको हाइसको अगाडिको भागमा सडक माथिबाट खसेको ढुङ्गा लागेको थियो ।धनगढीबाट जोगबुढातर्फ जाँदै गरेको हाइसमा ढुङ्गा लाग्दा डडेल्धुराको परशुराम नगरपालिका–२ का २४ वर्षीय दिनेश नाथ घाइते भएका हुन्। उनको दाहिने खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।घाइते नाथलाई उपचारका लागि धनगढीतर्फ पठाइएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।