केप भर्डमा बस दुर्घटना, २१ जनाको मृत्यु

केप भर्डमा बस दुर्घटना, २१ जनाको मृत्यु

२१ भदौ काठमाडौं। अफ्रिकी देश केप भर्डको फोगो द्वीपमा शनिबार राति भएको भीषण बस दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।दुर्घटनामा केही अन्य व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय अधिकारीका अनुसार यात्रु बोकेको बस सडकबाट अनियन्त्रित भई करिब ३० मिटर गहिरो भिरमा खसेको थियो ।दुर्घटना फोगो द्वीपको उत्तरी उच्च भूभागमा पर्ने साओ फिलिपे नगरपालिकाअन्तर्गत चा दास काल्देइरास र क्याम्पानास दे सिमाबीचको सडकमा भएको हो ।

केप भर्डका राष्ट्रपति जोसे मारिया नेभेसले सुरुमा दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको जानकारी दिए ।पछि सामाजिक सञ्जालमार्फत मृतकको संख्या बढेर २१ पुगेको जानकारी दिँदै उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।स्थानीय समाचार संस्था इन्फोप्रेसका अनुसार बस सडकबाट चिप्लिएर करिब ३० मिटर तलको भिरमा खसेपछि दुर्घटना भएको हो ।दुर्घटनामा बसमा सवार अधिकांश यात्रु युवा उमेरका रहेको बताइएको छ । उ