१८ भदौ बाँके । बाँकेमा लागु लागूऔषधसहित २ जना पक्राउ परेका छन ।बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० गायत्रीनगर टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार नेपालगन्ज–२० मनिकापुर बस्ने ३० वर्षीय अकतर अली दर्जीलाई १ ग्राम ४ सय ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ।थप अनुसन्धानका क्रममा दर्जीको घर तलासी गर्दा २ लाख ५६ हजार ९ सय रुपैयाँ नेपाली र ५० हजार रुपैयाँ भारतीय समेत फेला परेको प्रहरीले जनाएको छ।यस्तै, प्रहरीले सोही स्थानबाट ४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित कोहलपुर नगरपालिका–१३ भरैया बस्ने २७ वर्षीय दिपक थारूलाई पनि पक्राउ गरेको छ।