रसुवाबाढी अपडेट : ११ सय २७ जनाको शव फेला

रसुवाबाढी अपडेट : ११ सय २७ जनाको शव फेला

१७ भदौ काठमान्डौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार विहान पाँचबजे सम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ।जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १ सय ५५ जना, धादिङमा ५९ जना, चितवनमा ३ सय ४८ जना, गोरखामा ६६ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १७ जना, नवलपरासी पश्‍चिम १ सय ९० जना र भारतमा ९ जना गरी १ हजार १ सय २७ जनाको शव फेला परेको हो । फेला परेको शवहरू मध्ये १ हजार १ सय १३ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ।

साथै पहिचान नभएको ९ सय ११ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ५ सय ४१ जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ५८ जनाको खोजी कार्य भइरहेको छ।