मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित

१४ भदौ काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले मेजर लिग सकर एमएलएस मा मोन्ट्रियलमाथि ७ -१ को फराकिलो र ऐतिहासिक जित निकालेको छ।

आइतबार बिहान सम्पन्न खेलमा मियामीलाई कीर्तिमानी जित दिलाउन मेसीले एक्लै चार गोल गरे भने कासेमिरो र लुइस सुआरेजले १-१ गोल थपे।इन्टर मियामीको इतिहासमा यो अहिलेसम्मकै फराकिलो जित हो। क्लबले कुनै पनि आधिकारिक खेलमा सात गोल गरेको यो पहिलो पटक हो।