१४ भदौ काठमान्डौ । युक्रेनको राजधानी किभनजिकै रहेको हतियार भण्डारमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । घटनापछि करिब ४०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।शुक्रबार राति किभको बाहिरी क्षेत्रमा रहेको मायला गाउँमा युक्रेनी सेनाका लागि राखिएका हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिएको डिपोमा रुसी ड्रोनले प्रहार गरेको थियो ।आक्रमणपछि त्यहाँ राखिएका गोला, बारुद, बारुदी सुरुङ र ड्रोन विस्फोट हुँदा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको हो ।