१४ भदौ कैलाली । कञ्चनपुरमा र कैलालीमा भारी वर्षा भइरहेको बाढीको जोखिम बढेको छ। शनिबार रातिदेखि परेको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बडेसँगै बाढी जोखिम बढेको हो।जल तथा मौसम विज्ञान विभागले कैलाली, कञ्चनपुर र बर्दियाका केही स्थानमा ठुलो वर्षा हुन सक्ने भएकाले नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले नदी तटीय क्षेत्र, बाढी तथा पहिरोको जोखिममा रहेका स्थानका बासिन्दालाई सावधानी अपनाउन शनिबार भनेको थियो।वर्षाका कारण कञ्चनपुरको महाकाली, दोदा, भुजेला र कैलालीमा पनि खुटिया, कान्द्रा, मोहना, चौधरलगायतका नदी तथा खोलामा पानीको बहाव बढ्दै गएको छ।भारी वर्षापछि आकस्मिक बहाव बढ्ने र होचा भूभाग डुबानमा पर्ने जोखिम छ।