१२ भदौ काठमान्डौ । उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण कोरियासँगको वार्षिक सैन्य अभ्यासको अवधि घटाए पनि सियोलले अमेरिका र जापानसँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ ।दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ जेसीएस का अनुसार तीन देशले सेप्टेम्बर ७ देखि ११ सम्म जेजु टापुको पूर्व र दक्षिणतर्फको अन्तर्राष्ट्रिय जलक्षेत्रमा ‘फ्रिडम एज’ अभ्यास सञ्चालन गर्नेछन् ।
अभ्यासमा समुद्री क्षेप्यास्त्र प्रतिरक्षा, हवाई तथा वायु प्रतिरक्षा, पनडुब्बीविरोधी युद्ध र साइबर प्रतिरक्षासम्बन्धी गतिविधि समावेश हुनेछन् ।