१२ भदौ काठमाडौँ। रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक असई रामकाजी पौडेल मृत भेटिएका छन् ।
तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेका असई पौडेलको शव चितवनमा भेटिएको हो । नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनमा डीएसपी चन्द्रभुषण यादवले बताए । जिल्ला अस्पताल चितवनमा पोस्टमार्टमपछि परिवारले उनको शव बुझेका छन् ।